न्यूज डेस्क | बैशाख १५, २०८३ मंगलबार
काठमाण्डौ। सडक दुर्घटनाका घाइतेलाई उद्धार गर्दा झेल्नुपर्ने कानुनी झमेला र प्रहरीको अनावश्यक सोधपुछको डरलाई अन्त्य गर्न सरकारले नयाँ विधेयक प्रस्ताव गरेको छ।
प्रस्तावित विधेयकको दफा ५० मा 'असल उद्धारकर्ता' लाई कानुनी संरक्षण दिँदै कसैले निस्वार्थ भावनाले घाइतेको उद्धार गर्दा वा अस्पताल लैजाँदा घाइतेको मृ'त्यु भएमा समेत उद्धारकर्तामाथि कुनै पनि देवानी वा फौजदारी कार'बाही नचलाइने स्पष्ट व्यवस्था गरिएको छ।
यसका साथै, अस्पतालहरूले पनि घाइतेका आफन्त नआएको वा खर्च नभएको बहानामा उपचार रोक्न नपाउने र अनिवार्य रूपमा प्रारम्भिक उपचार गर्नुपर्ने बाध्यात्मक व्यवस्था मस्यौदामा राखिएको छ, जसले नागरिकलाई निडर भएर मानवीय सेवामा लाग्न प्रोत्साहित गर्ने बिश्वास लिईएको छ।