न्यूज डेस्क | बैशाख ४, २०८३ शुक्रबार

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई भोट हाल्न नेपाली कांग्रेसले आन्तरिक सर्कुलर गरेको छ । पार्टी समितिमा रहेका आफ्ना सांसदहरूलाई सो सर्कुलर गरेको हो ।


शिक्षा समिति र संयुक्त समितिमा सभापतिका लागि दुई दुई जनाको उम्मेदवारी परेको छ । शिक्षा समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ओजस्वी शेरचन र एमालेका तर्फबाट गुरु बरालको उम्मेदवारी परेको छ। 



यस्तै, संयुक्त समितिको सभापतिमा नेपाली कम्युनिस्ट पार्टीकी मदनकुमारी शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गणेश कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।