प्राइम खबर संबाददाता | फागुन ७, २०७७ शुक्रबार

रौतहटको चन्द्रनिगाहपुरमा ७० औं राष्ट्रिय  प्रजातन्त्र दिवसको अवसरमा  नेपालको राष्ट्रिय झण्डा फहराइएको छ ।
जिल्लाको चन्द्रपुर नगरपालिका स्थित राजमार्गको  मुख्य चोकमा रहेको तिनकुनेमा राष्ट्रिय झण्डा फहराइएको हो । चन्द्रनिगाहपुरका जुझारु युवा हरु कल्याण कार्की , देवराज कार्की  , महरात्न विष्ट, सुमन गौतम , रमेश संग्रौला,दीक्षित पौडेल,अधिकार लामिछाने, शम्भु थापा ,  , अर्जुन हसमगाइ, निर्मल भण्डारी , अब्देशहरी भट्टराई लगायतका युवाहरुको नेतृत्वमा सो झण्डा फहराइएको हो  ।




१५ मिटर अग्लो रहेको जिआई पोल गाडेर ४ मिटर लम्बाई रहेको नेपालको राष्ट्रिय झण्डा चन्द्रनिगाहपुर  मुख्य चोकमा  चन्द्रनिगाहपुरका युवा समुहले फहराउदा स्थानियबासीले समेत  खुशी ब्यक्त गरेका छन् । 



मुलुकको राजनितिक अवस्थाले राष्ट्रको भविष्य कता जाने हो भन्ने अन्यौल पैदा भएको स्थितिमा  प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रको सम्मान स्वरुप तीनकुने चोकमा  झण्डा फहराइएको नेपालि कांग्रेसका युवा नेता देवराज कार्कीले बताए । मुलुकमा घटेका राजनितिक घटनाको पनि अब युवा समुहले खबरदारी दिनु पर्नेमा स्थानियको आवाज सशक्त बन्दै गएको छ  । उक्त  कार्यक्रममा विघटित प्रतिनिधि सभाका  सांसद देवप्रसाद तिमल्सिनाले झण्डोलोत्तन गरेका थिए ।