प्राइम खबर संबाददाता | साउन ४, २०७९ बुधबार
बिल बिजक भन्दा बढी हार्डवेयरका सामानहरू लगायत अन्य मेसिनरी पार्ट्सहरुको खुद्रा सामानहरू लोड रहेकाे ट्रक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार राति १० बजे वीरगञ्ज महानगरपालिका वडा नं.१५ भानुचोक स्थित सडक खण्डमा ना.६ ख ६६६७ नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा बिल बिजक बिनाका विभिन्न किसिमका हार्डवेयर पार्टस समेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।
बरामद भएको उक्त ट्रक ६७ लाख ५२ हजार ९९८ मूल्याङ्कन गरी आवश्यक कारबाईको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।