प्राइम खबर संबाददाता | साउन २, २०७९ सोमबार
रौतहटमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ ।
जिल्लाको राजपुर नगरपालिका वडा नम्वर ६ स्थित बगैँचामा पार्किंग गरी राखिएको डीएल ४ सिएनडी लेखिएको ७२२९ नम्बरको भारतीय नम्बरको स्कारपियो जिपबाट १सय ९२ किलो ४ सय ग्राम गाँजा प्रहरीले बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी सुरक्षा बेश क्याम्प फतुवाबाट प्रहरी निरीक्षक विनय श्रेष्ठको नेतृत्वमा खटेको प्रहरीको टोलिले आइतबार राति १० बजे चेकजाँच गर्दा सो परिमाणको लागू औषध गाँजा बरामद भएको सशस्त्र प्रहरी मधेश प्रदेशका डिआइजी गणेश ठाडा मगरले जानकारी दिएका छन्।
बरामद जीपमा १३ वटा प्लास्टिकको पोकामा प्रतिपोका १४ किलो ८ सय ग्रामको दरले गाँजा रहेको प्रहरीको भनाइ रहेको छ । सो परिमाणको लागू औषध गाँजाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।