प्राइम खबर संबाददाता | फागुन ५, २०७७ बुधबार
रौतहट बुधबार नेपाली कांग्रेस रौतहटको माधव नारायण नगर समितिको आयोजनामा मिठुअवा-५ मा ५५ जना विभिन्न पार्टी परित्याग गर्दै कार्यकर्ता नेता साहेव मंसुरिको नेतुत्वमा नेकपा कम्युनिष्ट पार्टी र जसपा पार्टी त्याग गरेर काँग्रेस युवा नेता नितेश कुमार गुप्ताको पहलमा नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
नव प्रवेशी नेता कार्यकर्ता युवाहरुलाई नेपाली कांग्रेस रौतहट जिल्ला सभापति कृष्ण प्रसाद यादबले फूल माला एबम् ,टीका लगाई पार्टी प्रवेश गराएका छन् । नव प्रबेशी सबैजनालाई बधाई दिँदै सफल राजनीतिक भविस्यको सुभकामना सहित पार्टीमा स्वागत गरिएको युवानेता गुप्ताले बताए ।