प्राइम खबर संबाददाता | असार २७, २०७९ सोमबार
रौतहट स्थित कटहरिया नगरपालिकाका पुर्व नगर प्रमुख सियाराम कुश्वाहाले आफ्नै गाउँको वार्ड नं.२ जमुनियामा तिन वटा होमपाइप खरिदमा २५ लाख स्वाहा गरेको खुलासा भएको छ ।
डाइभर्सन बनाउने नाममा वर्षदिन समेत नटिक्ने गरी मोटो रकम भुक्तानी भएको उक्त कामको नव निर्वाचित मेयर अजय प्रकाश जयसवालले निरीक्षण गरेका छन् । उक्त डाईभर्सन समान्य बर्षाको पानीले भत्काएर पहिलेकै अवस्थामा पुगेपछि बाटो अबरुद्ध भएको भन्दै स्थानियबासिहरुले गुनासो गरेपछि नगर प्रमुख जयसवालले आईतवारका दिन पुल निरक्षण गरेका हुन् । मेयर जयसवालले एक हप्ता भित्रमा सो डाइभर्सन मर्मत सम्भार गरी आवागमनमा सहज बनाउने बताए । साथै सो स्थानमा डाइभर्सन ह्युम्पाइपको सट्टामा एक वर्ष भित्रमा पुल निर्माण गर्ने प्रतिबधाता समेत व्यक्त गरेका छन् । पुर्व मेयर कुशवाहाले ३ वटा ह्यूमपाईप लगाएर २५ लाख रकम अनियमितता गरेको आरोप स्थानीयले लगाएका छन् ।
बर्षो देखि सास्ती खेपिरहेको जमुनियावासिलाई नगर प्रमुख जयसवालले जनताको हरेक सुख दुख आफ्नै सम्झेर उक्त पुलको निर्माण गर्न लागेको बताए । बिगत पाँच वर्षमा काटहरिया नगरपालिकामा खासै विकास हुन नसकेको र तत्कालिन मेयर र उनको पार्टीको कार्यकर्ता भर्ती केन्द्रको रूपमा नगरपालिका रहेको भन्ने आरोप लाग्दै आएको थियो । विगतका वर्षमा खासै विकास र समृद्धिको अनुभव नगरेका कतहरिय बासीले नगरमा हुन सकेको कामहरु नगर प्रमुख अजय प्रकास जैसवालबाट हुनेमा आशावादी रहेको स्थानीय प्रकाश श्रेष्ठले बताए । जैसवालले पदभार ग्रहण गरेको महिना दिन नबित्दै नगरबासिको हक हितमा हुने कार्यलाई तिब्रता दिएका थिए ।
जमुनियामा बगेको एउटा सानो खोलाले त्यहाका स्थानियलाई वारिपारी गर्न निकै नै समस्या भईरहेको थियो । सो समस्यालाई सादाको लागी खत्म हुने गरि त्यस खोला भएको ठाउँमा नगर प्रमुख जैसवालले पुल निर्माण गर्न आवश्यक रहेको बताए । सो स्थानमा पुल निर्माण भए पछि स्थानीय किसानहरुको लागि समेत सहज हुने उनी बताउँछन् ।