प्राइम खबर संबाददाता | असार २४, २०७९ शुक्रबार
लुम्बिनी बिकास बैंक लिमिटेड चन्द्रपुर शाखाले १५ औं बार्षिक उत्सव को अवसर पारेर चन्द्रनिगाह्पुर मा अवस्थित चन्द्रपुर आँखा उपचार केन्द्र लाई बिभिन्न सामाग्री हस्तान्तरण गरेको छ । शुक्रवार एक कार्यक्रम का बिच बैंकका मधेश प्रदेश प्रमुख मोहनराज गिरी ले केन्द्रका प्रमुख रियाजुद्दिन रैन लाई सहयोग सामग्री ह्स्तान्तरण गरेका छन् । कार्यक्रममा गौर आँखा अस्पताल का प्रतिनिधि तथा बैंक चन्द्रपुर शाखा प्रमुख सुबोध कोइराला ,पत्रकार प्रतिनिधि लगायत सेवाग्राहीको उपस्थिति रहेको थियो । आँखा उपचार गर्न आउने बिरामीको लागि बस्ने बेन्च तथा सेवाग्राहीको लागि गर्मीको मौसममा चिसो तथा जाडो मौसममा तातो पानी पिउनको लागी वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको कुरा शाखा प्रमुख कोइरालाले जानकारी दिनु भयो। बैंक ले समय - समयमा सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएको छ । यसपटक बार्षिकोत्सवको अवसर पारेर सो बैंकले सहयोग सामग्री हस्तान्तरण गरेको हो । बिगतमा बैंकले आफ्नो बार्षिक उत्सवको उपल्क्षमा बैंकमा आउने पहिलो सेवाग्राही तथा एक जना बृद्धालाई खादा ओढाएर सम्मान गर्दै आएको मा यश पटक अलग तरिकाले आफ्नो वार्षिकोत्सब मनाएको छ । आउने दिनमा पनि जनता सङ प्रत्यक्ष सरोकार हुने संघ संस्था सङ हातेमालो गरेर सामाजिक सेवा गर्न बैंक सदैब लागि पर्ने कुरा बैंक का प्रदेश प्रमुख गिरीले बताएका छन् ।
सो बैंकले बिगत लामो समय देखि चन्द्रपुर आसपासका जनतालाई बैकिंङ सेवा प्रदान गर्दै आएको छ । बैंकले हाल मुद्दती खातामा १२ प्रतिशत मासिक ब्याज तथा बचत खातामा ९ प्रतिशत मासिक ब्याज दिदै आएको कुरा शाखा प्रवन्धक कोईरालाले जानकारी दिएका छन् ।
उनले,बालबालिका लाई बचत गर्ने बानीको बिकास गर्न बैंकले बालबालिकाको खातामा रु ५०० हाल्ने योजना ल्याएको बताए ।
बैंक ले एटीएम कार्ड सेवा एवं मोबाइल बैंकिङ सेवामानै कनेक्ट आइपिएस सेवा रहेको ले घरै बाट नगद रहित कारोवार गर्न सकिने कुरा शाखा प्रवन्धक कोईरालाले जानकारी दिएका छन् ।