प्राइम खबर संबाददाता | फागुन ३, २०७७ सोमबार

रौतहट जिल्लाको सदरमुकाम गौरमा नेपाली काग्रेंसका नेता कार्यकर्ताले विशाल  जुलुस प्रर्दशन गरेको छन ।
 प्रधानमन्त्री खड्ग प्रसाद ओलीको संसद विघटनको कदमका विरोधमा कांग्रेस कार्यकर्ताहरूले सोमबार गौरमा बिरोध प्रदर्शन गरेका हुन । 




गौर राइसमिलबाट शुरु भएको जुलुसले नगरपरिक्रमा गर्दै प्रधानमन्त्री ओलीको कदमका विरोधमा चर्को नारावाजी सहित बिरोध प्रदर्शन गरेका हुन् । कार्यक्रममा रौतहट क्षेत्र नं. का विघटित प्रतिनिधि सभाका सासंद देव प्रसाद तिमल्सीनाले प्रधानमन्त्री खड्ग प्रसाद ओलिको घमण्डका कारण देश र जनताले दुख पाएको बताए । संसद तिमल्सीनाले प्रधानमन्त्रीले संविधान माथि कुठाराघात गरेर अधिनायकवाद लाददै सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन ।


तिमल्सिनाको भनाइ अनुसार सरकारको गैरसंवैधानिक कदमको फैसला अब अदालतले गर्ने भएकोले ३ करोड जनताले न्यायलय तर्फ हेरिरहेको बताउँदै देश र संविधानको रक्षाका लागी काग्रेंसले आन्दोलन गरिरहेको उनले स्पष्ट पारे । वृहद बिरोध प्रर्दशनमा काग्रेंसका नेताहरुले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै संसद पुनःस्थापनाको माग सहित चर्को नाराबाजी समेत गरिएको कांग्रेस नेता कल्याण कार्कीले बताए ।