प्राइम खबर संबाददाता | पुस २९, २०७७ बुधबार
रौतहट - नेपाली कांग्रेस रौतहटका चर्चित उदयमान युवा नेता कल्याण कार्किद्वारा नेपाली कांग्रेसका प्रभावशाली नेता एबम् पूर्व स्वास्थ्य मन्त्री गगन थापालाई रौतहटको चन्द्रनिगाहपुरमा स्वागत गरेका छन् ।
पूर्व मन्त्री थापा सर्लाहिको लालबन्दीमा नेपाली कांग्रेस नगर कमिटी द्वारा आयोजित विरोध सभा कार्यक्रमलाई सम्बोधन गरेर रौतहट आएका हुन । रौतहटको चन्द्रनिगाहपुर स्थित एक चिया पसलमा स्थानीय कांग्रेस नेता कल्याण कार्कीको आयोजनामा गरिएको साक्षात्कार कार्यक्रममा सहभागीता जनाउन चन्द्रनिगाहपुर आएका पूर्वमन्त्री गगन थापाले काँग्रेस नेता कार्यकर्तासँग भेटघाट कार्यक्रममा नेपाली कांग्रेस व्यक्ति विशेष भन्दा पनी संविधानमा विश्वास राख्ने पार्टी भएको हुँदा कार्यकर्तालाई भ्रममा नपर्न आग्रह समेत गरेका छन् ।
विघटित संसद र ओली सरकारद्वारा तोकिएको निर्वाचनको सन्दर्भमा सञ्चारकर्मी द्वारा सोधिएको प्रश्नमा ‘ प्रधानमन्त्रीले असंवैधानिक कदम चालेर संविधानको खिल्ली उडाउँदै आफू अनुकूल संविधानको व्याख्या गर्ने अधिकार उनमा नभएको ‘ उनले बताए । काँग्रेस सधैं संविधानमा विश्वास राख्ने र आफू वर्तमान संविधान निर्माणको एक पात्र आफै स्वयं भएको हुँदा आफूले लेखेको संविधान को बारे एक एक लाइन प्रस्ट भएको हुँदा पार्टीको आधिकारिक धारणा पनि आइसकेको हुँदा संसद कायम भइरहेको अवस्थामा निर्वाचनको कुरा सोच्न पनी नसकिने बताए । सर्वोच्च अदालतमा विचाराधीन रहेको यो मुद्दा राजनीतिक नभई संवैधानिक मुद्दा भएको हुँदा अदालत ले संविधान विपरितको असंवैधानिक कदमलाई खारेज गरी संसद पुनर्स्थापना गराउने कुरामा ढुक्क हुन आम जनता तथा नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।
संविधान देशको दस्तावेज मात्र नभई आफ्नो आत्मा पनि भएको हुँदा यो संविधानको रक्षाको निम्ति अदालतमा विश्वास राख्ने नेपाली कांग्रेसको विशेषता रहेको हुँदा पार्टी सभापतिको संयोजकत्व मा बनेको समितिले संसद विघटनको निर्णय असंवैधानिक भनिसकेको हुँदा सोही निर्णय नै पार्टीको आधिकारिक धारणा भएको दुविधा नरहेको उनले बताए ।
कार्यक्रमका आयोजक कार्की नेपाली काँग्रेस चन्द्रपुर का प्रभावशाली युवा मानिन्छन् पार्टी संगठनमा कार्कीको राम्रै वर्चस्व रहेको हुँदा पार्टीको आगामि अधिवेशनमा कार्कीलाई नेतृत्वमा ल्याउनुपर्ने काँग्रेस चन्द्रपुरका युवा कार्यकर्तााहरु बताउँछन् युवा माझ निकै लोकप्रिय बनेका कार्की सधैं चर्चामा आइरहन्छन् ।
पूर्वमन्त्री थापाको स्वागत कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश संसद धन लाल ठोकर, चन्द्रपुर नगरपालिका मेयर रामचन्द्र चौधरी एबम् वृन्दावन नगरपालिकाका मेयर राम स्नेही यादव लगायत नेपाली कांग्रेसका दर्जनौ नेता एबम् कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।