प्राइम खबर संबाददाता | असार १८, २०७९ शनिबार
प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सहितको टोली बारा पुगेका छन् ।
अवलोकनमा प्रधानमन्त्री देउवा सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, खानेपानी मन्त्री उमकान्त चौधरी समेत रहेका छन् ।
प्रधानमन्त्री सहितको उक्त टोलीले प्रस्तावित दोश्रो अन्र्तराष्ट्रिय विमानस्थल निर्माणका क्रममा हुने क्षति र कम भन्दा कम क्षतिमा निर्माण गर्नेगरी प्रस्तावहरु ल्याउने जनाएको छ ।