प्राइम खबर संबाददाता | असार १५, २०७९ बुधबार

मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन अर्थात् असार पन्ध्र राष्ट्रिय धान दिवस विविध कार्यक्रम गरि धान दिवस धुमधाम साथ सम्पन्न गरिएको छ।


रौतहटको चन्द्रपुरमा १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रम बुधबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ।



“धानबालीमा जैबिक विविधताको उपयोग , आयात प्रतिस्थापनमा सहयोग’’ भन्ने मूल नारासहित चन्द्रपुर नगरपालिका कृषि बिकास शाखाको आयोजनामा १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रम गरी मनाइएको हो ।

रौतहट क्षेत्र नम्बर ४ का संघीय सांसद देव प्रसाद तिमल्सिनाको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र किसानहरुले खेतमा धानको बीउ रोप्दै उक्त दिवस मनाएका हुन ।



कार्यक्रममा बोल्दै संघीय सांसद तिमल्सिनाले 'नेपाल कृषि प्रधान देश भनिएतापनि माटोमा प्रांगरिक पदार्थ न्यून हुनु, गुणस्तर वीउ प्रतिस्थापन दर न्यून हुनु, जैविक मलको प्रयोगमा कमि हुनु, मौसमी प्रतिकुलता, बाढि, जलवायू परिवर्तन, रोगकिरा महामारी जस्ता समस्याले गर्दा व्यवसायिक उत्पादनमा कमि हुन पुगेको बताउदै चन्द्रपुर नगरपालिका सहित समग्र रौतहट जिल्लाको कृषि क्षेत्रको समस्या बुझ्दै विभिन्न कृषि अनुदान तथा कृषकलाई प्रत्यक्ष लाभ हुने काम आफ्नो तर्फबाट पनि गरिरहेको बताए । साथै नगरपालिकाले समेत अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आउँदो आर्थिक बर्षमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिदै काम गर्न समेत सुझाएका छन् । त्यस्तै कृषि शाखा प्रमुख उमेश चौधरीले कृषिको महत्त्वलाई उजागर गर्न स्थानीय स्तरबाटै लागि पर्नु पर्ने बताउँदै किसानलाई प्रोत्साहन गर्ने निति आफ्नो रहेको बताएका छन् ।

१९ औ राष्ट्रिय धान दिवस २०७९ को अवसर पारेर मधेश प्रधेशमा नै पहिलो पटक धान रोप्ने यान्त्रिकीकरणबाट धान रोपि धान दिवस सम्पन गरिएको जेटीए लक्की कुमार फनैतले जानकारी दिएका छन्।