प्राइम खबर संबाददाता | असार ८, २०७९ बुधबार
गजल 
          हुनु पर्छर....
एउटा मुटु  दुई टुक्रा हुनु  पर्छर
अझै पनि तिम्रो पाउ छुनु पर्छर
दुस्ख कष्ट सधै  मैले मुटुमा चेपे
अझै साथ पाइन भनी रूनु पर्छर
तिमी लाई  नदेख्दा पागल हुन्छु
कति गर्छु माया छाति चिर्नु पर्छर
मेरो माया तिमी लाई अनुदान दिए
भन्नू सानु मैले ब्याजदर तिर्नु पर्छर
बरू गाउँमा जमिन खनेर खाउला
पैसा ल्याउन विदेश अब जानू पर्छर
मेरो धड्कन  मन्दिर  तिमी हौ माया
खुसि  तिम्लाई  मन्दिर  जानू  पर्छर 
पसिनाको कमाई अमुल्य हुन्छ सानू
थाहा हुँदै यति कुरा पनि  भन्नू  पर्छर 
जिन्दगी  तिमी संगै अर्धसतक वित्यो
मर्ने बेला तिम्ले डेरा अन्तै  सार्नु पर्छर 
म तिम्रो हैन भनी कसरी दावी गर्छौ है
दिल संग खिल बनी आफु ढाट्नु पर्छर
दिपक संगम विश्वकर्मा 
टीकापुर ,कैलाली नेपाल