प्राइम खबर संबाददाता | फागुन २, २०७७ आइतबार

रौतहट  जिल्लाको चन्द्रपुरस्थित चन्द्रनिगाहपुरमा  श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
   रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ स्थित बुद्ध शान्ति टोलमा  सो भागवत सप्ताह हुने भएको हो । श्री कृष्ण प्रणामि मन्दिर चन्द्रनिगाहपुर बुद्धशान्ति टोलको १२ औं वार्षिक उत्सबको पावन अबसरमा  फाल्गुन ३ गते सोमबार  देखि फाल्गुन ९ गते सम्म सञ्चालन  हुने कार्यक्रमका आयोजकले जनाएका छन् ।



श्रीमदतारतम सागर तथा श्रीमदभागवत  महापुराण  सप्ताह  ज्ञान महायज्ञको पूर्बाङको  अवसरमा आइतबार शोभा कलश यात्रा गरिएको थियो । भागवताचार्य पं  शास्त्री श्री पुरुषोत्तम खतिवडा  ज्युको मुखारबिन्दबाट दैनिक रुपमा  बाचन हुने संगितमय  कथा प्रवचन  श्रबण गर्न उपस्थितिको लागि समेत अनुरोध गरिएको आयोजक समितिका राजकुमार बजगाईंले बताएका छन् ।