प्राइम खबर संबाददाता | असार १, २०७९ बुधबार
रौतहट जिल्लाको चन्द्रपुर ८ स्थित सन्तपुरमा एक सुविधा सम्पन्न अस्पतालको शुभारंभ भएको छ ।
बुधबार चन्द्रपुर ८ का वडा अध्यक्ष जितेन्द्र चौधरीको प्रमुख आथित्यमा निकुञ्ज हेल्थ केयर प्रालि नामक स्वास्थ्य संस्थाको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
सन्तपुर मा पहिलो पटक अस्पतालको रूपमा स्थापीत निकुञ्ज हेल्थ केयर प्रालिले सेवा विस्तार गर्न लागेको प्रति समग्र सन्तपुर बासी लाई गर्वको कुरा भएको र स्थानीयले स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सुविधा सहज रूपले प्राप्त हुनेमा विश्वस्त रहेको कार्यक्रमममा सहभागी नेपाली कांग्रेसका नेता लीलानाथ तिमल्सिनाले बताए ।
सो अस्पतालमा २४ सै घण्टा इमरजेन्सी सेवा,ओपिडी, जेनेरल वार्ड,फार्मेसी सेवा लगायत ६ शैयाको बेडको व्यवस्था सहित आधुनिक ल्याब, एक्सरे,भिडियो एक्सरे, ईसीजी लगायतको सुविधा रहेको सो अस्पतालका सञ्चालक मनोज बजगाईले बताए ।
उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि चन्द्रपुर नगरपालिकाका कार्यपालिका सदस्य नेत्र कुस्वार र वडा अध्यक्ष जितेन्द्र चौधरीको सोही अस्पतालका डाक्टर रोशन जैसवालले स्वास्थ्य जाँच समेत गरेका थिए । उक्त कार्यक्रमममा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरू, स्थानीय युवा एबम् समाजसेवीहरुको उपस्थिति रहेको थियो ।