प्राइम खबर संबाददाता | जेठ २९, २०७९ आइतबार
रौतहटको चन्द्रपुर ३ स्थित चादी खोलामा निर्माणधिन पुल ९ बर्ष पुग्न लाग्दा पनि निर्माण सम्पन्न भएको छैन। तीन बर्षमा काम सम्पन्न गर्नुपर्ने सो पुल ९ बर्ष पुग्दापनि निर्माण सम्पन्न नहुँदा हरेक बर्ष गैडाटारबासीले बाढीमा परेर ज्यान गुमाउनु परेको छ ।
रौतहट क्षेत्रनं ४ का संघिय सांसद देवप्रसाद तिमलसिनाले समेत उक्त चादी खोलाको पुल समयमा बनाउन माग राख्दै पटक पटक सांसदमा कुरा उठाउदै आएका छन् ।
चादी खोलाको काम समयमा नगर्ने ठेकेरलाई सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले पटक पटक म्याद थप गरेका कारण ठेकेदारको मनोमानी बढेको स्थानीय राजु धामीको भनाइ रहेको छ ।
स्थानीयले सो पुलको काम चाडे सक्नका लागि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरलाई दवाव दिएको भएपनि सो कार्यालयले चाडो काम गर्नका लागि ठेकेदारलाई दवाव नदिएको गैडाटारका स्थानीय बासिन्दाले बताएका छन् ।
हरेक बर्ष बर्षातमा सो खोलामा बाढी आउने भएको हुदा गैडाटारबाट चन्द्रनिगाहपुर आउने क्रममा चादी खोलाले बगाएर मान्छेको ज्यान जाने गरेको भएपनि पुलको काम चाडो गराउन सम्बन्धीत निकायले चासो नदेखाएको हुदा आफुहरु पिडित भएको स्थानियहरु बताउछन् ।