प्राइम खबर संबाददाता | जेठ २७, २०७९ शुक्रबार
नेकपा एमालेका युवा नेता बालकृष्ण सापकोटाले चन्द्रपुरको विकाशमा विशेष जोड दिएका छन् । एमालेका प्रभावशाली युवा नेता मानिने सापकोटाको प्रभाव चन्द्रपुरमा राम्रै देखिएको छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा मेयर पदमा पार्टीको तर्फबाट आकांक्षी रहेका उनले टिकट नपाएपनि जनताको लागि विकाशको योजना आफ्नो पहलमा पार्न सफल भएका छन् ।
संघीय सरकारको कार्यक्रम स्थानीय स्तरका सडकपुल तथा सामुदायिक पहुँच सुधार परियोजना अन्तर्गत चन्द्रपुर नगरपलिका वडा नं १ र वडा नं ८ स्थित बसन्तपुरमा आर्थिक बर्ष २०८९/८० को विनियोजित बजेटमा पौराइ खोला पुल (पौराइब्रह्मस्थान मन्दिरबाट मंगलपुर निस्कने बाटोमा रहेको गैरिखोला) मा र बसन्तपुर स्थित रहेको आँप खोलामा पुलको लागि योजना पार्न नेता सापकोटाले पहलकदमी गरेको स्थानीय प्रकाश चौलागाईले बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानिय सडक पुल तथा सामुदायिक पहुच सुधार परियाेजना बाट स्वीकृत उक्त योजनाको डीपीआर भइसकेको र अब छिटै नै टेन्डर प्रक्रिया अघि बढ्ने र तोकिएको समयमा नै निर्माण प्रक्रिया सकिने नेता सापकोटाले बताएका छन् । पूर्व मन्त्री प्रभु साहका स्वकीय सचिव समेत रहेका नेता सापकोटाको पहलमा आएको उक्त योजनाको लागि उनी धन्यवादको पात्र भई स्थानीयले सो कार्यको प्रशंसा समेत गरेका नेता चौलागाईले बताए ।