प्राइम खबर संबाददाता | जेठ २४, २०७९ मंगलबार
रौतहटबाट अवैध लागुऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको चन्द्रपुर नगपालिका वडा नंबर ६ घर भएका पनियालाल दास रहेका छन्।
गोप्य सूचनाको आधारामा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटेको टोलिले दासलाई करिव ७ किलो गाजा सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बिगत लामो समयदेखि उनी आफ्नो घरबाट गाजाको बिक्री बितरण गर्दै आएका थिए । पक्राउ परेका दासको घरबाटै सो परिमाणको गाँजा बरामद गरिएको प्रहरी स्रोतले बताएको छ। पक्राउ परेका दासमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ।