प्राइम खबर संबाददाता | जेठ १९, २०७९ बिहिबार
रौतहटको चन्द्रपुर नगर कार्यपालिकाको निर्वाचन बुधबार सम्पन्न कार्यपलिकाको निर्वाचन मा नेपाली कांग्रेसका उम्मेदवार हरु विजयी भएका छन् ।
चन्द्रपुर नगरपालिकाको कार्यपालिकामा नेपाली कांग्रेसले पूर्ण बहुमत बनाएको छ । चन्द्रपुर नगरपालिकाको कार्यपालिकामा १४ सीट नेपाली कांग्रेसले प्राप्त गरेको छ भने नेकपा माओबादीले ४ र नेकपा एमालेले २ सिट हात पारेको छ । कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेसले ८ सिट मध्ये ७ मा जित हासिल गरेको छ भने १ सिट नेकपा माओबादीले जितेको छ । नेपाली कांग्रेसको सातजना मात्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए ।
बुधबार भएको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित हुनेहरुमा नेत्र कुश्वार,कल्याण कुश्वार,कल्पना राई, मरसिया देबी,बबिता देबी सहनी,सुशिला पाण्डे र हिमाकला राना रहेको चन्द्रपुर निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत बद्री बहादुर कार्कीले जानकारी दिएका छन ।
यसैगरी नेकपा माओबादीबाट कार्यपालिकामा जय प्रकाश नारायण मुखिया निर्वाचित भएको निर्वाचन अधिकृत कार्कीले बताए । निर्वाचित कार्यपालिका सदस्यहरूले बुधबार नै पद तथा गोपनियताको सपथ लिएका छन् ।