प्राइम खबर संबाददाता | जेठ १२, २०७९ बिहिबार

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन) भारी मतका साथ विजयी भएका छन् ।


निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी सिर्जना सिंहलाई २३ हजार ४२६ मतान्तरले पराजित गर्दै काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन साह विजयी भएका हुन् । वालेनले ६१ हजार ७६७ मत प्राप्त गर्दा कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा (एमाले)का केशव स्थापित तेस्रो स्थानमा रहेका छन् । उनले ३८ हजार ११७ मत प्राप्त गरेका छन् ।



त्यस्तै उपमेयरमा नेकपा (एमाले)की सुनिता ढंगोल भारी मतका साथ विजयी भएकी छन् । उनले प्रतिस्पर्धी नेकपा (एस)का रामेश्वर श्रेष्ठलाई ४४ हजार ८०६ मतान्तरले पछि पार्दै विजयी भएकी हुन् । सुनिताले ६८ हजार ६१२ मत प्राप्त गरेकी छन्, भने रामेश्वरले २३ हजार ८०६ मत प्राप्त गरेका छन् ।