प्राइम खबर संबाददाता | फागुन २, २०७७ आइतबार
तयारी फर्निचर अवस्थामा रहेको अबैध साल प्रजातिको काठ लोड गरेको एउटा ट्रक लाई गए राती डिभिजन बन कार्यालय रौतहटले नियन्त्रणमा लिएको छ ।
चन्द्रपुर २ जुडिबेला बाट काठमाण्डौं लैजान लागेको ना.८ ख ६२५५ न.को ट्र्क सहित ३ जना लाई पक्राउ गरिएको डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । बरामद काठको परिणाम २४ दशमलब ११ क्युबफीट रहेको जनाइएको छ । उक्त इट्टा लोड गर्ने ट्रकमा सालको तयारी अवस्थाको भ्याल ढोकाको च्चौकोस काठ रहेको जनाइएको छ । विशेष सूचनाको आधारमा सहायक बन् अधिकृत नवनित मिश्रको कमाण्डमा खटेको गस्ती टोलीले सो परिमाणको अवैध काठ बरामद गरेको हो । बरामद काठ सँगै पक्राउ पर्नेमा गौर नगरपालिका ९ निबासी चन्द्र कुमार बैठा, सर्लाही हरिऔन निबासी संजय बैठा र चन्द्रपुर २ जुडिबेलाका अमिस गिरी रहेका डिभिजन बन् कार्यालय रौतहटले जनाएको छ ।