प्राइम खबर संबाददाता | बैशाख ११, २०७९ आइतबार
रौतहटको चन्द्रपुर नगरपालिका र वृन्दावन नगरपालिकामा गरी नेपाली कांग्रेसले मेयरमा २ जना नेताहरूलाई टिकट दिएको छ ।
कांग्रेसले चन्द्रपुर नगरपालिकाको मेयरमा सञ्जय कुमार काफ्ले लाई टिकट दिएको छ ।
मेयरमा टिकट पाएका काफ्ले स्थानीय निर्वाचन २०७४ मा चन्द्रपुर नगरपालिका वडा नम्वर ५ को वडा अध्यक्ष निर्वाचित वडा अध्यक्ष समेत हुन् ।
यसैगरी वृन्दावन नगरपालिकाको मेयरमा कांग्रेस नेता प्रेम शंकर यादवलाई कांग्रेसले टिकट दिएको छ । यादव नेपाली कांग्रेस क्षेत्रीय सभापति पदका प्रत्यासी समेत हुन् । उनी कांग्रेस सभापति शेर बहादुर देउबा निकट मानिन्छन् ।