प्राइम खबर संबाददाता | बैशाख ७, २०७९ बुधबार

रौतहटको चन्द्रपुर नगरपलिका वडा नंबर ५ को नव निर्मित वडा कार्यालय सञ्चालनमा आएको छ ।


बुधबार वडा कार्यालयको नवनिर्मित आफ्नै भवनबाट सेवा प्रदान को शुभारंभ भएको हो । यस अघि गुञ्जन सहकारी संस्थाको घरमा रहेको ५ नंबर वडा कार्यालय विधिवत् रूपमा आफ्नै भवनबाट सेवा प्रदान गर्ने भएपछि स्थानीयले समेत वडा अध्यक्ष सञ्जय कुमार काफ्लको चौतर्फी प्रशंसा गरेका छन् । “ अब आउने वडा अध्यक्षको लागि सुविधा सम्पन्न कार्यालय र त्यसको व्यवस्थापन समेतको सम्पूर्ण तयारी पूरा भएको छ “ अध्यक्ष काफ्लेले बताए । आफूले दुःख सुख गरेर एउटै कोठाबाट कार्यालय सञ्चालन गरी नागरिकहरुलाई सेवा प्रदान गर्दै आएको भएता पनि अब आउने जो कोहीलाई सहज हुनेगरी कार्यालयको आफ्नै भवन आफ्नो कार्यकालमा उद्घाटन गर्न पाउँदा खुसी लागेको उनले बताए ।



वडा अध्यक्ष काफ्लेले एक कार्यक्रमको आयोजना गर्दै बुधबारबाट नव निर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् । वडा कार्यालयको नव निर्मित भवनको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट चन्द्रपुर नगरपालिकको नगर प्रमुखका उम्मेदवारका आकांक्षीहरु अजय साह,अनन्त कोइराला,सपुत कार्की,सूर्य थापा उप प्रमुख आकांक्षी लक्ष्मी बराल, वडाअध्यक्ष आकांक्षी निलहरी कोइराला,सञ्जय कार्की, कल्याण कार्की , सुरज पाण्डे लगायत कांग्रेस जिल्ला नेता सुबाश कोइराला सञ्चारकर्मी सुब्बा कार्की, अशोक पहाडी, रमेश तिमल्सीना, राजीव घायल ,सुधीर घिमिरे लगायतका को उपस्थिति रहेको थियो ।