प्राइम खबर संबाददाता | बैशाख ७, २०७९ बुधबार
नेपाल विद्यार्थी संघ रौतहटले जन ज्योति बहुमुखी क्याम्पस एकाइको समन्वयमा विविध कार्यक्रम गरी ५३ औ स्थापना दिवस मनाएको छ ।
मंगलबार नेविसंघ रौतहट ईकाइले आफ्नो संगठनको ५३ औँ स्थापना दिवसको अवसर पारेर चन्द्रनिगाहपुर स्थित चन्द्रपुर अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरी स्वास्थ्यलाभको कामना समेत गरिएको विद्यार्थी नेता प्रल्हाद मैनालीले बताए ।
सोही अवसरमा ने.वि.संघ रौतहटको आयोजनामा फलफुल वितरण गरेका विद्यार्थी नेताहरुले नेपाली कांग्रेसको चन्द्रपुर नगर पार्टी कार्यालय प्राङ्गणमा साझ दिप प्रज्वलन गर्दै आफ्नो स्थापना दिवस मनाएको विद्यार्थी नेता मैनालीले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसका नेता एवम् मधेश प्रदेशका प्रदेश सांसद धनलाल ठोकरको प्रमुख आथित्यमा सम्पन्न सो दीप प्रज्वलन कार्यक्रममा बोल्दै स्ववियु सभापति संगम श्रेष्ठले विद्यार्थी आन्दोलनको अभिभावक संगठन नेपाल विद्यार्थी संघको गरिमा सदैव उच्च रहेको बताए । कार्यक्रमलाई सभ्य र भव्यताको साथ सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्ण ब्याक्तित्वहरु कार्यक्रमको प्रमुख आकर्षणको केन्द्र भएको भन्दै सभापति श्रेष्ठले धन्यवाद समेत व्यक्त गरे ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका बिद्यार्थी नेताहरुको साथै नेपाली कांग्रेस रौतहटका विभिन्न तह र तप्काका नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।