प्राइम खबर संबाददाता | चैत २४, २०७८ बिहिबार
गठबन्धनलाई लिएर असन्तुष्टि जनाएका कांग्रेसका नेता शेखर कोइराला पनि गठबन्धन गर्ने निष्कर्षमा पुगेका छन्।आगामी निर्वाचनमा सत्तागठबन्धन दलबीच तालमेल औचित्य र आवश्यकताका आधारमा हुने कांग्रेस केन्द्रीय सदस्य कोइरालाले बताएका हुन्।
कोइरालाले सत्ता गठबन्धनमा रहेका दलहरुबीच तालमेल गर्ने निर्णय गरे पनि कांग्रेसका मतदाताले हसियाँ हथौडामा भोट हाल्दा कांग्रेसलाई नराम्रो असर पर्ने बताएका थिए।विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले पार्टीको कन्द्रीय समितिको निर्णय एवं क्षेत्रीय र जिल्लाको सुझावअनुसार तालमेल हुने स्पष्ट पारेका हुन्। नेता कोइरालाले निर्वाचन परिचालन कमिटी र केन्द्रीय कमिटीले उम्मेदवार चयन गर्ने सहमति भएको बताए।
उनले पार्टी सभापति शेरबहादुर देउवासँग उम्मेदवार छनोट गर्न भएको सहमति सुन्दर पक्ष भएको भन्दै सुझबुझका साथ लिएको निर्णयले पार्टीमा उपलब्धि हासिल हुने जिकिर गरे। एक प्रश्नको जवाफमा नेता कोइरालाले नेविसंघ र तरुण दलको सभापति नियुक्ति गर्नु पार्टी सभापतिको अधिकार भएको र त्यसमा कुनै विरोध नरहेको बताएका छन्।