प्राइम खबर संबाददाता | चैत २४, २०७८ बिहिबार

सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो निर्णय गरेको कृषि तथा पशुपन्छि विकास मन्त्री महेन्द्रराय यादवले जानकारी दिएका छन् । कुन देशमा को राजदूत बने भन्ने खुलाइएको छैन । यद्यपि कतारका लागि राजदूतमा जसपा नेता नवराज सुवेदी नियुक्त भएका छन् ।