प्राइम खबर संबाददाता | फागुन १, २०७७ शनिबार
रौतहट जिल्लाको कटहरिया नगरपालिका ,गौर, गरुडा र चन्द्रनिगाहपुर लगायत विभिन्न स्थानहरुमा नेकपा दाहाल नेपाल समूहका कार्यकर्ताहरूले २६ औँ जनयुद्ध दिवस मनाएका छन । कटहरिया नगरपालिका वडा नं ५ स्थित विवाह मण्डपको आगाडी प्रचण्ड माधव समुहको कार्यकर्ता हरूले भव्य रूप मा जनयुद्ध दिवस मनाएका हुन् ।
केन्द्रीय सर्कुलर अनुसार नेकपा प्रचण्ड माधव समुहको कार्यकर्ता हरूले सो दिवस काठमांडौ उपत्यका लगायत सातै प्रदेशका ७७ जिल्ला मा मनाएका छन् । नेकपा कार्यकर्ताले रौतहट जिल्लाका मुख्य ठांउ ठाउ मा जनयुद्ध दिवस मनाएको छ।
जनयुद्ध दिवस कार्यक्रमको अध्यक्षता आदोलन परिचालन नगर संघर्ष समिति कटहरियाका नसरूदिन अंसारी को अगुवाइमा तथा कटहरिया नगरपालिकाका उप मेयर नुरजाहा खातुन को प्रमुख आथित्यमा कार्यक्रम भएको थियो ।
जनयुद्ध दिवसको अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा जिल्ला सदस्य राधामोहन यादव ,, सुरेन्द्र साह क्षेत्रपाल, समसुदिन आलम ,, बिरेनदर यादव , शम्भु यादव, हरिनदर साह, शेषनाथ ठाकुर,वकील कुशवाहा, जवाहरलाल साह वडा संघर्ष संयोजक, सगिर आलम,श्यामवाबु दास, मोजामिल मियां, जेल जी, बाबुलाल यादव, एबम् बसरुदिन अंसारी लगायतको व्यक्तिहरूको उपस्थिति रहेको नेकपा नेता नसरूदिन अन्सारीले जानकारी दिएका छन् ।