प्राइम खबर संबाददाता | चैत १८, २०७८ शुक्रबार
लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य कन्थमनी प्रसाद जैसवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टीका लगाई जैसवाल एमाले प्रवेश गरेका हुन् ।
अध्यक्ष ओलीको निवास बालकोटमा भएको पार्टी प्रवेश कार्यक्रममा जैसवालले ओली र एमालेको नेतृत्वमा मात्रै मधेशको विकास सम्भव देखेर आफू एमालेमा प्रवेश गरेको बताएका छन् ।
जैसवाल गत २०७४ सालको स्थानीय निर्वाचनमा रौतहटको गरुडा नगरपालिकाबाट नगरप्रमुख पदको स्वतन्त्र उम्मेदवार रहेका उनी रौतहट क्षेत्र नम्बर ४ बाट तत्कालीन राजपाबाट पुनः उम्मेदवार बनी ७ हजार मत ल्याएर तेस्रो स्थानमा चित्त बुझाएका थिए ।
नव प्रवेशी जैसवाल उद्योग वाणिज्य संघ रौतहटका पूर्वअध्यक्षसमेत हुन् । उनको एमाले प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको स्थानीयहरुले बताएका छन् ।