प्राइम खबर संबाददाता | चैत १३, २०७८ आइतबार
नेपाल विद्यार्थी संघ जन ज्योति क्याम्पस रौतहट ईकाइले नेपाली काङ्ग्रेसका नेता स्व. नविन्द्रराज जोशिको प्रथम स्मृति दिवस दीप प्रज्वलन गरी मनाएको छ ।
नेता जोशीको स्मृति दिवसको अवसरमा केन्द्रीय निर्देशन अनुसार नेपाल विद्यार्थी संघ जनज्योति बहुमुखी क्याम्पसले चन्द्रपुर नगर पार्टी कार्यालय प्राङ्गणमा दीप प्रज्वलन गरी मनाएको विद्यार्थी नेता संगम श्रेष्ठले बताए ।
कार्यक्रमममा केन्द्रीय सदस्य गुरुङले स्व.नेता जोशीले प्रजातान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदानको चर्चा गर्दै नेपाली कांग्रेसले एक इमान्दार नेता गुमाएको स्मरण गरेका छन् । नेता जोशीको योगदान भावी पिढीले सम्झना र मनन गर्न आवश्यक रहेको बताए ।
आईतबार साँझ भएको दिप प्रवज्वल कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङ, प्रदेश सभा सदस्य धानलाल ठोकर, नेपाली कांग्रेस रौतहट जिल्ला सचिव प्रत्यासी सुबाश कोइराला, नेपाल विद्यार्थी संघका रौतहट नेता श्याम हरी चौलागाईं, स्ववियु सभापति संगम श्रेष्ठ ,उप सभापति गोपाल हुमागाईं लगायत दर्जनौ विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो ।