प्राइम खबर संबाददाता | पुस २८, २०७७ बुधबार

 


  प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गरी चालेको कदम बिरुद्ध नेकापाले दोस्रो चरणको विरोध कार्यक्रम अन्तर्गत मंगलबार रौतहट जिल्लाको कटहरिया नगरपालिका अन्तर्गत रहेको वडा नं १ देखि ९ सम्म को प्रत्येक गाउँको टोल टोलमा रहेका विद्युत् पोलमा कालो झण्डा टाँगेर प्रदर्शन गरेका छन् । 




नेकपा माधव प्रचण्ड समूहका नेता तथा कार्यकर्ताले आन्दोलन संघर्ष समिति कतहरीया का संयोजक नसरूदिन अंसारी को संयोजकत्वमा नेकपा को केन्द्रीय निर्णय अनुसार आज कालो झण्डा देखाएका हुन् ।  
नेकपा जिल्ला सदस्य राधामोहन यादव, नगर सह संयोजक भुपेनद्र कुशवाहा सहित कटहरिया नगरपालिका वडा नम्बर १ देखि ९ सम्मका वडा संघर्ष समितिका संयोजकहरु मिठु राय यादव,सह संयोजक लालबाबु यादब, संयोजक सुधन मिया, सह संयोजक बिरेनद्र यादव, भुवनेश्वर यादव, जागेशवर राम, रामविलास राय यादव, शम्भु यादव, गगन देव दास, संयोजक छविलाल दास, सह संयोजक श्याम बाबु दास, जयलाल यादव,जबेद आलम यूवा नेता, महमद िन आलम,शम्भु यादव लगायत कार्यकर्ता हरू को समेत सहभागिता रहेको नेकपा नेता नस्रुदिन अन्सारीले बताएका छन् ।