प्राइम खबर संबाददाता | चैत ८, २०७८ मंगलबार
नेपाली कांग्रेस चन्द्रपुर नगर समितिको पहिलो बैठक सम्पन्न भएको छ। मंगलबार नव निर्वाचित पदाधिकरीहरुलाई नगर समिति चन्द्रपुरले निर्वाचित भएको प्रमाण पत्र वितरण गरेको हो ।
नगर सभापति मुकेश गिरीको सभापतिको सभापतित्वमा भएको पहिलो बैठकले पार्टी संगठनलाई सशक्त रूपले नगरपालिकामा चलायमान गराउँदै आसन्न निर्वाचनमा विजयी बनाउन लागि पर्ने निर्णय गरेको हो । साथै उक्त बैठकले नगर समितिको कोषाध्यक्ष पदमा दलबहादुर कार्की लाई सर्वसम्मत चयन गरेको नगर सचिव गणेश प्रसाद चौलागाईले बताए ।
नगर कमिटीको प्रथम बैठकमा प्रमुख अथिति रहेका रौतहट क्षेत्र नं ४(क) का क्षेत्रीय सभापति निलहरी कोइरालाले नवनिर्वाचित नगर सभापति गिरी लगायत पदाधिकारीलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।
बैठकले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा जनमत जुटाउन सम्पूर्ण कार्यसमितिका सदस्यलाई खटेर लाग्न निर्देशन गरेको सचिव चौलागाईले जानकारी दिएका छन्।