प्राइम खबर संबाददाता | चैत २, २०७८ बुधबार
सरकाले स्थानीय तहको निर्वाचनको मिति तोके संगै देश भर स्थानिय तह देखी संघिय सम्म अब को उठ्ने भन्ने बहस चलिरहेको छ । मधेश प्रदेशमा नगर प्रमूखको आकांक्षीहरुको लहर लागिरहेको छ । नेपाल सरकारले २०७९ वैशाख ३० गते ७५३ वटै स्थानीय तहमा एकै चरणमा निर्वाचनको मिति तोकेसँगै चुनावको गर्मागर्मी बढेको हो । मधेशको स्थानीय तहमा जनप्रतिनिधि बन्ने आकांक्षीहरुले धमाधम उम्मेदवारी स्व-घोषणा समेत समाजिक संजालमा आफुखुसी गर्न थालेका छन् । नगर प्रमुखमा स्वतन्त्र व्यक्ति देखि दलका नेताहरुले उम्मेदवारी घोषणा गर्न थालेका हुन् ।
रौतहटमा ४ वटा क्षेत्र र १८ वटा स्थानिय तह रहेको छ । अधिकांस स्थानिय तहमा वडा अध्यक्ष देखी नगर प्रमुख सम्मको दाबेदारी गर्ने माहोल अहिले देखी नै चलिसकेको छ । जिल्लाको क्षेत्र नं ३ अर्तगत रहेको गुजरा नगरपालिकामा भने नेपालि कांग्रेसबाट शेख कमरुदिन नगर प्रमुखको लागी बलियो उम्मेदवार रहेको कांग्रेसका नेताकार्यकर्ता दाबी गर्दै आएका छन् ।
सधै जनताको साथमा रहने र समाजमा घुलमिल भएर आफ्नो भुमिका निर्वाह गर्न कहिले पछि नहट्ने स्वभावका उनि बलियो दावेदारको रुपमा चर्चा चल्न लागेको हो । पार्टी प्रति ईमान्दार र निष्ठापूर्वक काम गर्दै आएको हुदा पार्टीबाट टिकट पाउनेमा आफू विश्वस्त रहेको नेता कमरुदिन बताउँछन् । यद्यपि मेयर पदका आकांक्षीहरु अन्य नभएका भने होइनन् कांग्रेसबाट नै शेख एकरामुल,सबिर हुसैन,शेख महिबुल हक,र कुमार चौलागाईंले पनि मेयर पदको लागि दावेदारी गरिरहेका छन् ।
गुजराबासीले गरेको बिस्वासका गर्दा आफु बलियो उम्मेदवार रहेको नेता कमरुदिनको भनाइ रहेको छ । गुजराको मेयरमा कांग्रेस पार्टीबाट टिकट पाउने वातावरण बनाउन आकांक्षीहरु नेताहरूको घरदैलोदेखि स्थानीय तहका वडा वडामा कार्यकर्तासँग भेटघाट र अन्तक्र्रिया बढाउन थालेका छन् । पार्टीको लागी धेरै योगदान गरेको र जनमतको आधार स्पष्ट भएको व्यक्तिलाई स्थानिय तहको निर्वाचनमा पार्टीले मेयरको पदको लागि टिकट दिँदा तमाम कांग्रेस कार्यकर्ताको मनोबल उच्च हुने र विजय हासिल गर्न सकिने शेख कमरुदिन बताउँछन् ।
गुजरा नगरपालिकामा अघिल्लो निर्वाचनमा प्रत्यासी बनेको कांग्रसको यसपटक राम्रो माहोल रहेको गुजारा नगरपालिकाका बुद्धिजीवी वर्गहरु समेत बताउँछन् । हालका जनप्रतिनिधिले गुजारा नगरपालिकाका मतदातालाई धोका दिएको, विकास निर्माणको काममा निकै पछि परेको, भ्रष्टाचार र अनियमिततामा डुबेको साथै कमिसन र सेटिङमा चलेको आरोप उनीहरूको छ । गुजाराको नेतृत्व परिवर्तन गर्न जनता आतुर रहेको स्थानीय सञ्जय चौधरीले बताएका छन् ।