प्राइम खबर संबाददाता | फागुन ३०, २०७८ सोमबार

नेपाली कांग्रेस सर्लाहीको १४ औँ जिल्ला अधिवेशन अन्तर्गत सभापति सहित पदाधिकारीको मतगणना सम्पन्न भएको छ ।


 आईतबार राती सम्पन्न मतगणना अनुसार संस्थापन पक्षका सभापति पदका उम्मेद्वार सुरेन्द्र प्रसाद सिंह सहित उनका प्यानलका संपूर्ण उम्मेद्वार विजयी भएका छन् । यद्यपि संस्थापन पक्षका अधिकांस उम्मेदवार विजयी हुँदा ईतर पक्षका नवीन अधिकारी उपसभापति पदमा एकमात्र उम्मेद्वार विजयी भएका छन् ।



सभापतिमा विजयी सिंहले ईतरका प्रत्यासी लक्ष्मण रायभन्दा ३८० बढी मत पाएर विजयी भएका हुन् । ३ हजार २७५ मत मध्ये ३ हजार १७४ मत खसेकामा बदर बाहेक सिंहले १ हजार ७५८ मत ल्याउँदा रायले १ हजार ३७८ मत मात्र पाएका हुन् ।नवनिर्वाचित सभापति सिंहले अब पार्टीलाई गुटउपगुट तथा कसैलाई काख र कसैलाई पाखा नगरी एकढिक्का बनाउने प्रतिबद्दता जनाएका छन् ।

सदस्यहरुको मतगणना भने फागूपुर्णीमा अर्थात् होली पश्चात गरिने र सो को लागि दुवैपक्षसँग छलफल गरिने निर्वाचन समितिले जनाएको छ । शनिबार नै सम्पन्न भएको मतदानको मतगणना शनिबार राती १ बजेबाट सूरु भएको थियो ।