प्राइम खबर संबाददाता | फागुन २८, २०७८ शनिबार

वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले आधिकारीक रुपमा नेकपा एमाले प्रवेश गरेका छन् । विगत केही दिनदेखि सरावगीले एमाले प्रवेश गर्ने कुरा  गाइगुई चलेको भएता पनि आज उनले आधिकारीक रुपमा पार्टी प्रवेश गरेका छन् ।


 तत्कालिन सङ्घीय समाजवादी फोरम नेपाल बाट निर्वाचित मेयर विजय सरावगी हाल जनता समाजवादी पार्टीमा सक्रिय रहेका थिए । उनले  शनिबार वीरगञ्जमा नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद ओलीको उपस्थितिमा भएको कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् ।



 नेशनल मेडिकल कलेजका सञ्चालक जैनुदीन अन्सारीको छोरीको विवाहमा सहभागी हुन् वीरगञ्ज आएका पूर्व प्रधानमन्त्रीसमेत रहेका  ओलीले मेयर सरावगीलाई फूलमाला लगाएर पार्टी प्रवेश गराएका छन् । सरावगीसँगै वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मनोज कलवार, वडा नम्बर १४ का वडा अध्यक्ष भरत कुर्मी, वडा नम्बर २५ का वडा अध्यक्ष अवध किशोर कुशवाह, माओवादी केन्द्रका नेता बाबुराम कौशिक लगायतले एमाले पार्टी प्रवेश गरेको छन् । मेयर सराबगीको एमाले प्रबेश संगै बिरगंज सहित पर्सामा बलियो रहेको जसपालाई ठूलै धक्का पर्ने बुझिएको छ ।