प्राइम खबर संबाददाता | फागुन २८, २०७८ शनिबार
माधव नेपालको कार्यक्रमलाई लक्षित गरी राखिएको आशंका गरिएको संकास्पद वस्तु विस्फोटक पदार्थ नरहेको पुष्टि भएको छ । शनिबार रौतहट स्थित गौर – चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गत मोतियाहीमा बेबारिसे संकास्पद बस्तु फेला परेपछि स्थानीय हरु त्रासमा परेका थिए ।
संकास्पद वस्तु बम भएको हुनसक्ने भन्दै सो राजमार्गबाट आवतजावत गर्ने सवारी साधनलाई सहायक मार्गबाट प्रहरीले पास गरेको थियो । सो संकास्पद वस्तु लाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्दा कुनै पनि विस्फोटक पदार्थ नरहेको खुलेको हो । सो संकास्पद वस्तु सिमेन्टको इटाको चाङ रहेको प्रहरी स्रोतले बताएको छ ।
शनिबार पूर्व प्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल पार्टीको कार्यक्रमममा सहभागी हुन गृह जिल्ला रौतहट आउने कार्यक्रम रहेको हुँदा सो कार्यक्रमलाई लक्षित गरी अराजक तत्वले तर्साउन खोजेको हुन सक्ने सो पार्टीका जिल्ला नेता विनोद पटेलले बताए ।
एक बिहानै बेवारिसे संकास्पद बस्तु फेला परेको हल्ला फैलिएपछि सयौको संख्यामा स्थानीयहरु सो स्थानमा पुगेका थिए । भीड व्यवस्थापनमा प्रहरीलाई समेत हम्मे हम्मे परेको थियो ।