प्राइम खबर संबाददाता | फागुन २४, २०७८ मंगलबार
रौतहटमा सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
माण्डवी नामक एक गैरसरकारी संस्थाको आयोजनामा मंगलवार जिल्लाको मध्यभागमा अवस्थित गरुडाको एक होटलको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । उक्त अन्तर्क्रिया कार्यक्रम माण्डवी का कार्यक्रमका संयोजक अर्विन्द चौधरीले विदेश जानेहरुको संख्या रौतहटमा पनि बढी रहेको अवस्थामा सामी परियोजना रौतहटमा सञ्चालन भएको बताए । रोजगारीका लागि विदेश जानेहरुलाई सवै किसिमको जानकारी हुन आवश्यक रहेकोले सामीले वैदेशिक रोजगारीका लागि विदेश जाने युवावर्ग लाई लक्षित गरेर कार्यक्रम संचालन गरेको उनले बताए ।
वैदेसिक रोजगार युवाहरुको लागि अवसर भएपनि कुनै समस्यापर्दा अपनाउनु पर्ने सावाधानीका बारेमा जानकारी आवश्यक हुनुपर्ने संयोजक चौधरिले बताए । कार्यक्रममा उनले युके एड सिप परियोजना र लक्ष्मी बैक वीच वैदेशिक रोजगारसंग सम्बन्धित परिवारका लागि एक लाख ५० हजार देखि ४ लाख सम्म सहुलियत ऋण प्रवाह गर्ने जानकारी दिए । उनले वैदेशिक रोजगारीका लागि जाने युवाहरुको लागि विनाधितो डेढ लाखसम्म ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारमा गएका व्यक्तिको घर परिवारमा घर संचालनका लागि अत्यावश्यक परेको खण्डमा २ लाख सम्म सहुलियत ऋण उपलब्ध गराउने तथा वैदेशिक रोजगारमा गएका घर परिवारका महिलाहरुलाई उधमशिलका लागि ४ लाखसम्म सहुलियत ऋण उपलब्ध गराउने सहकार्य भएको समेत जानकारी गराएका छन् । सुरक्षित आप्रवासन परियोजना अन्तर्गत जिल्लाको १८ वटा पालिका मध्ये चन्द्रपुर ,गरुडा र गौर नगरपलिका सहित दुर्गा भगवती गाउँपालिकामा लागू भएको आयोजक संस्थाले बताएको छ । सो अन्तर्क्रिया कार्यक्रमममा जिल्लाका दुई दर्जन बढी पत्रकारहरुको सक्रिय सहभागिता रहेको आयोजकले बताएको छ ।