प्राइम खबर संबाददाता | फागुन २४, २०७८ मंगलबार
चन्द्रनिगाहपुर स्थित संकल्प साकोसको आयोजना तथा सिभिल हस्पिटल प्रा लि चन्द्रपुर ४ को प्राबिधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । संस्थाले मंगलबार परेको ११२ औ नारी दिवसको अबसरमा चन्द्रपुर ७स्थित रहेको नया बस्ती कटानिको जनता आधारभुत बिधालयमा निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको हो ।
स्वास्थ्य शिविरको उदघाटन चन्द्रपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष बिष्णु प्रसाद उप्रेतीले गरेका छन् । सो अवसरमा सस्थाका संचालक ,कर्मचारी ,नागरिक समाजका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियोे ।शिविर बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्ममा तीनसय ७० जना लाई विभिन्न रोग सम्बन्धि सेवा प्रदान गरिएको कार्यक्रमको आयोजक संस्थाले जनाएको छ । चन्द्रपुर नगरपालिकाको अति विपन्न जनसमुदायको बस्तीको बसोबासको रूपमा परिचित रहेको उक्त बस्तीमा संस्थाले प्रदान गरेको सेवा बाट अधिकांस लाभान्वित भएका छन् । सेवाग्राहीले घरआगनमा आएर सेवा दियकोमा संकल्प साकोस लाई धन्यवाद दिँदै यस्ता किसिमका सामाजिक कार्यमा संस्थाको भूमिका महत्वपूर्ण र कार्यक्रम फलदायी भएको प्रतिक्रिया दिएका छन् । आयोजक सस्थाले प्रत्येक बर्ष सामाजिक उत्तरदायित्व महसुस गरेर निरन्तर चेतनामूलक ,तथा सेवामुलक कार्यहरू गर्दै गराउँदै आएको संस्थाका अध्यक्ष विभु पोख्रेलले बताए।
सो एक दिवसीय स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा चन्द्रपुर नगरपलिकाका सहकारी फाटका नेसरे आलम,सिभिल हस्पिटल प्रा लि चन्द्रपुर ४ का संचालक राजन साह ,उपस्वास्थ्य चौकी बनबहुवरीका बिजय तिवारी लगायतको आतिथ्यता रहेको थियो । उक्त शिविर सस्थाका अध्यक्ष बिभु पोखरेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम सस्थाका सचीव कुल बहादुर थापाले सञ्चालन गरेका थिए ।