प्राइम खबर संबाददाता | फागुन २३, २०७८ सोमबार
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झालाई झोज़ आइलागेको छ । समाचारको विषयलाई लिएर प्रतिक्रिया लिन खोज्दा जिल्ला स्वास्थ्य कार्यालय रौतहटका कर्मचारी पासपत राय यादवले सदस्य झालाई ज्यान मार्ने धम्की दिएका छन् ।
दुर्गाभगवती ४ घर भई हाल गौरमा बस्दै आएका झा प्रतीक दैनिकको पत्रकार तथा नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य समेत हुन् । उनले समाचार संकलनको सिलसिलामा जिल्ला स्वास्थ्य कार्यालय गौरका कर्मचारी यादव संग विगतको बर्षमा ८७ लाख पेश्की लिएको रकम फर्छयौटका सम्बन्धमा कुरा गर्दा ज्यान मार्ने धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ रौतहट शाखाको गम्भीर ध्यानाकर्षण भएको हो ।
महासंघका सचिव मदन ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा समाचारको विषयलाई लिएर ज्यान मार्ने धम्की दिने कार्य मानव अधिकार विरुद्धको कार्य भएको ठहर गर्दै जनतालाई सुसुचित गर्ने गराउने संचारकर्मीलाई ज्यान मार्ने धम्की दिने यादवलाई कारवाही गर्न स्थानीय प्रहरी प्रशासन संग माग समेत गरिएको छ । सचिव ठाकुर जिल्लाका सञ्चारकर्मीका लागि कर्मको सिलसिलामा परेको हरेक समस्यामा लड्दै आएका व्यक्तिका रूपमा समेत चिनिन्छन ।