प्राइम खबर संबाददाता | फागुन २३, २०७८ सोमबार

नेपाली कांग्रेस रौतहटको १४ औं जिल्ला अधिवेशन आज सोमबार जिल्ला सदरमुकान गौरमा जारी छ । निर्बाचन मार्फत हुने अधिबेसनले नेपाली काँग्रेसको जिल्ला नेतृत्व चयन गर्दैछ । ।   सोमबार बिहान साढे ८ बजेदेखि ५ बजेसम्म हुने मतदानमा यो खबर तयार पार्दासम्म ५०  प्रतिशत भोट खसेको निर्बाचन समितीले जनाएको छ ।  काँग्रेस १४ औं जिल्ला अधिवेशनमा नयाँ नेत्रित्वका लागी गत बिहिबार सभापति पदमा दुई जना उम्मेदवारले प्यानल सहित उम्मेदवारी दर्ता गराएका थिए । सभापति पदमा हृदयनारायण राय यादव र सुनिल कुमार यादव (जितेन्द्र) चुनाबी मैदानमा उत्रेका छन् । 



निर्वाचनमा दुवै प्यानलका मतदाताहरुको उल्लेख्य  सहभागीता रहेको छ । शनिबार नै सम्पन्न हुनुपर्ने निर्बाचन निर्वाचनमा सहभागी हुन गौर पुगेका रौतहट क्षेत्र नं–३ का मतदाताहरुलाई प्रमाणपत्र बिनानै सहभागी गराउन खोजेपछि दुबै प्यानलमा विवाद भएकोले निर्वाचन तत्कालका लागी स्थगित भई सोमबारलाई सरेको थियो । निर्बाचनमा हालसम्म खसेको भोटको पोलिगं हेर्दा  सभापति यादब प्यानलका दुबै उम्मेदवारहरुको मतदाताले क्रस भोट हालेको स्रोतले बताएको छ ।



क्रस मत प्राय क्षेत्र नम्बर ४ का मतदाताहरुले दिएको हुनसक्ने आकलन रौतहट काँग्रेस कार्यकर्ताहरु बताउछन् । सभापति पदका उम्मेदवार हृदयनारायण यादब उर्फ हरदेबको प्यानलमा सचिब पदका उम्मेदवार सुमन गौतमको पक्षमा निकै राम्रो जनमत देखिएको छ । गौरमा जारी मतदानमा अधिकांस मतदाताले सचिब पदका उम्मेदवार गौतमलाई रुचाएको भोटको पोलिगंले देखाएको छ । सचिब पदका बलिया उम्मेदबार नेता गौतम रहेका गौरको माहौलले समेत प्रष्ट पारेको काँग्रेस कार्यकर्ताहरु बताउछन् ।