प्राइम खबर संबाददाता | फागुन २२, २०७८ आइतबार
नेपाली कांग्रेस रौतहटको १४ औं जिल्ला अधिवेशन सोमबार हुने भएको छ । नेपाली काँग्रेस जिल्ला निर्वाचन अधिकृतको कार्यालयले एक सुचना जारी गर्दै स्थगित गरिएको निर्वाचन सोमबार बिहान साढे ८ बजेदेखि ५ बजेसम्म हुने भएको हो ।
काँग्रेस १४ औं जिल्ला अधिवेशनमा नयाँ नेत्रित्वका लागी गत बिहिबार सभापति पदमा दुई जना उम्मेदवारले प्यानल सहित उम्मेदवारी दर्ता गराएका थिए । सभापति पदमा हृदयनारायण राय यादव र सुनिल कुमार यादव ९जितेन्द्र० ले बिहिबार उम्मेदवारी दर्ता गराएका थिए ।
निर्वाचनमा दुइ वटै प्यानलका मतदाताहरु सहभागी हुन तयार थिए । तर, निर्वाचनमा सहभागी हुन गौर पुगेका रौतहट क्षेत्र नं–३ का मतदाताहरुलाई प्रमाणपत्र बिनानै सहभागी गराउन खोजेपछि दुबै प्यानलमा विवाद भएकोले निर्वाचन तत्कालका लागी स्थगित भएको थियो । स्थगित भएको निर्वाचन दुबै प्यानल बीच आपसी सहमती जुटेपछि शनिबार राती नै सोमबार मतदानको लागी नयाँ मिति तोकेको निर्बाचन संयोजक दिपक राज रेग्मीले बताए ।