सन्तोष काफ्ले | फागुन १९, २०७८ बिहिबार
नेपाली कांग्रेस रौतहटको जिल्ला अधिबेसन सुरु भएको छ । आउदो शनिबार अर्थात फागुन २१ गते हुने जिल्ला नेतृत्वको लागी हुने निर्बाचनका लागी बिहिबार सभापति पदमा दुई जना उम्मेदवारले प्यानल सहित उम्मेदवारी दर्ता गराएका छन् । काँग्रेस जिल्ला पदाधिकारी चयनका लागी सहमति नजुट्दा अन्ततः निर्बाचन मार्फत दुईजनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
सभापति पदमा हृदयनारायण राय यादव र सुनिल कुमार यादव जितेन्द्रले बिहिबार उम्मेदवारी दर्ता गराएका हुन् । सभापति पदमा उम्मेदवारी दर्ता गराएका सुनिल यादव संस्थापन पक्ष र हृदयनारायण राय यादव इतर पक्षका उम्मेदवारको रुपमा चुनाबी मैदानमा होमिएका छन् । सभापति पदका उम्मेदवार सुनिल यादवको प्यानलमा उपसभापति धिरेन्द्र कुमार सिंह र राम लोचन साह कलवार रहेका छन् । त्यसैगरी ,सचिवमा सुवास कोइराला र राजेश कुमार चौधरी तथा सहसचिव पदमा फिरोज आलम र सिकेन्द्र प्रसाद पटेलले उम्मेदवारी दर्ता गराएका छन ।
उता संस्थापन ईतरपक्षबाट सभापति पदका उम्मेदबार रहेका हृदयनारायण यादबको प्यानलमा उपसभापति महताब आलम, बिनोद गुप्ता रहेका छन् भने सचिबमा रामचन्द्र गिरी र सुमन गौतम रहेका छन् । सोही प्यानलबाट सह सचिब पदमा धर्मेन्द्र प्रसाद र मजिद अली रहेको काँग्रेस चन्द्रपुर नगर सभापति मुकेश गिरीले बताए । गरुडा नगरपालिकाका उपेन्द्र यादबले पनि सचिब पदमा आफ्नो छुट्टै उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारीलाई लिएर रौतहट काँग्रेशका मतदाताहरुले बिशेष चासोको रुपले हेरेका छन् ।