सन्तोष काफ्ले | फागुन १९, २०७८ बिहिबार
कांग्रेस रौतहटको जिल्ला उपसभापति पदमा युवा नेता विनोद गुप्ताले उम्मेदवारी दिने भएका छन् ।
कांग्रेस रौतहटको उप सभापति पदमा युवा नेता गुप्ताले उम्मेदवारी दिने भएपछि माहौल एकाएक ततिएको छ । गुप्ता कांग्रेसका लोकप्रिय सँगै चर्चित नेता समेत हुन । उनी संघीय सांसद देवप्रसाद तिमल्सिनाका निकट पात्र समेत मानिन्छन् । अघिल्लो स्थानीय तहको निर्वाचन ताका नेपाली कांग्रेसको तर्फबाट मेयर पदको लागि संभावित उम्मेदवारको रूपमा नाम चलेका नेता गुप्ता युवाहरु माझ निकै लोकप्रिय समेत छन् । नेता गुप्ताको उपसभापतिमा उम्मेवारी परेसँगै हृदय नारायण यादव प्यानललाई केही राहत भएको रौतहट कांग्रेसका क्षेत्रीय प्रतिनिधिहरू बताउँछन् ।
युवा नेता गुप्ताले सभापति पदका उम्मेदवार हृदय नारायण यादव प्यानलबाट उपसभापति पदमा उम्मेदबारी दिन लागेको सचिव पदका उम्मेदवार सुमन गौतमले बताएका छन् । बिहीबार जिल्ला सदरमुकाम गौर स्थित जुद्द माविमा शनिबार हुने जिल्ला अधिवेशनको लागि उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ । नेता गुप्ताको चौतर्फी चर्चा र परिचर्चा सँगै मिडियामैत्री स्वभावका उनको समर्थन र उनको पक्षमा मत माग्न सामाजिक सञ्जालका भित्ताहरू समेत रौतहटका कांग्रेस कार्यकर्ताले रंगएका छन् ।