प्राइम खबर संबाददाता | फागुन १९, २०७८ बिहिबार

नेपाली कांग्रेस रौतहटको सचिव पदमा युवा नेता सुबास कोईरालाले उम्मेदवारी दिने बताएका छन् । नेपाली काँग्रेसको १४ औ महाधिबेसन प्रतिनिधि समेत रहेका कोईरालाले सचिव पदमा उम्मेदवारी दिने जनाएका हुन् ।


रौतहट कांग्रेसमा युवाहरूका बीच नेतृ छनौटको बिषयलाई लिएर युवालाई साथ दिने मतदाताहरु बताउछन् । उनी सभापति पदका उम्मेदवार जितेन्द्र यादब सुनिलको समुहबाट सचिब पदमा उम्मेदबारी दिन लागेको उनले बताए ।



यसैगरी जिल्ला सभापति पदका अर्का उम्मेदवार हृदय नारायण यादबको समुहबाट सचिब पदमा काँग्रेस जिल्ला सदस्य समेत रहेका युवा नेता सुमन गौतमको नाम यस अघि नै तय भईसकेको छ । काँग्रेमा २ जना सचिब रहने ब्यबस्था बिधानमा उल्लेख छ ।