प्राइम खबर संबाददाता | फागुन १८, २०७८ बुधबार

खाना र खेतीपाती सम्बन्धि समसामयिक सवालहरुमा संचारकर्मी संग दुई दिने छलफल कार्यक्रम चन्द्रपुर स्थित एक होटलमा बुधवार देखि सुरु भएको छ । छलफल बिहिबार सम्म चल्ने आयोजकले बताएको छ ।
नेपाल पत्रकार महासंघ र खाद्य को लागि कृषि अभियानद्वारा संचालित दुई दिने छलफल कार्यक्रममा कृषि विज्ञ उद्धव अधिकारी र कृष्णप्रसाद पौडेलले खाना र खेतीपाती सम्बन्धि बिबिध बिषयबस्तुमाथि प्रकाश पारेका छन्  ।
उक्त कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोर झाले तराई मधेशमा कृषिको अवस्था, विउविजनको समस्या, कृषि क्षेत्रमा देखिएको विसंगतिलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने विषयमा संचारकर्मीहरु कसरी रिपोर्टिङ गर्ने सन्दर्भमा प्रकाश पारेका छन्  । कार्यक्रममा जिल्लाका २५ जना पत्रकारहरुको उपस्थिति रहेको आयोजकले जानकारी दिएका छन्  ।