प्राइम खबर संबाददाता | फागुन १६, २०७८ सोमबार

भौतिक सम्रचनामा निकैनै फड्को मारेको इटहरी उपमहानगरपालिकाले कार्यकल सकिनै लाग्दा उद्घाटन गर्न भ्याइनभ्याइ रहेको श्रोतले बताएको छ ।


इटहरीचौकमा ट्राफिक चाप वढिरहेको वेला राजमार्गवाट वाइपास गर्नमिल्ने तीन वटा पूल निर्माण भएका छन । ती मध्ये दुइवटा पूलको पूर्वमुख्यमन्त्री भीम आर्चायले उदघाटन गरेका छन् आचार्यले इटहरी वडा नम्वर ५ र १७ को सिमानामा रहेको सुकुमारी खोलापुल र वडा नम्वर ४ स्थित टेंग्राखोला पूल उदघाटन गरेका हुन् । उक्त टेंग्राखोला पूलवाट सवारी साधन चौक नआई धरान तर्फ जान र सुकुमारी खोलापुल हुदै पश्चिम जान वाइपास हुन सक्ने पूल को रूपमा नगरपालिकाले लिएको छ । सोमबार उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमुख्यमन्त्री भीम आर्चायले इटहरीमा भइरहेको विकास निर्माणका कार्यको प्रशंसा समेत गरेका छन् । उनले विकास सवै दलको एजेण्डा भएकाले विकासमा राजनीति गर्न नहुने उनको भनाइ रहेको छ ।निर्वाचनका वेला प्रतिष्पर्धा भएपनि निर्माणका वेला एकता हुनुपर्नेमा उनको बुझाइ रहेको छ ।



इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले इटहरीले भौतिक पूर्वाधार निर्माणमा उप महानगरले फडको मारेको दावी गरेका छन् । उनले ४२ किलोमिटर वाहिरी चक्रपथ निर्माणका लागि उपमहानगरले ब्यापक पहल गरेको वताउदै वाहिरी चक्रपथ चाडै आरम्भ गर्न संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराउन पूर्वमुख्यमन्त्री आर्चायलाई आग्रह समेत गरेका हुन । उपप्रमुख लक्ष्मी गौतमले इटहरी उपमहानगरपालिकाले गत आर्थिक वर्ष भित्रमा ७० वटा पुलकल्भर्ट वनाइसकेको जानकारी दिएकी छिन् । आफूहरुको कार्यकाललाई पूर्वाधार निर्माणको स्वर्णीम काल वनाउन लागि परेको उपप्रमुख गौतमको भनाई रहेको छ।