सरोज अर्याल | फागुन १६, २०७८ सोमबार
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कटहरिया नगर समितिको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । सोमबार जिल्लाको कटहरीया नगरपालिका स्थित कटहरीयामा नगर समितिमा निर्बाचित पदाधिकारीहरुको सपथ ग्रहण एबम् घोषणा कार्यक्रम सम्पन्न भएको माओबादी केन्द्र रौतहटका जिल्ला ईन्चार्ज युबराज भट्राई समिरले बताएका छन् ।
नब निर्बाचित कटहरीया नगर समितिका अध्यक्ष नसरुदीन अंसारी सहितका सदस्यहरुले एकमुष्ठ रुपमा आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । कार्यक्रममा निर्बाचित पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य युबराज भट्टराई समिरले पद तथा गोपनियताको सपथ गराएका थिए ।
ईन्चार्ज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सपथ ग्रहण कार्यक्रममा नेकपा माओबादी केन्द्र मधेस प्रदेशका सदस्यद्धय देबेन्द्र प्रसाद पटेल तथा बिन्देश्वर यादब लगायत स्थानिय माओबादी नेता कार्यकर्ताहरुको आतिथ्यता रहेको माओबादी केन्द्र कटहरीयाका नगर अध्यक्ष नसरुदीन अन्सारीले बताए ।