प्राइम खबर संबाददाता | फागुन ४, २०७८ बुधबार
धनुषा जिल्लाको कमला नदीमा अवैध रुपमा उत्खनन गर्ने सातवटा टिपर र एकवटा स्काइभेटर प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ५ स्थित कमला खोलामा अवैध वालुवा गिट्टी उत्खन्न् गरी रहेको अवस्थामा प्रहरी चौकी पोर्ताहा धनुषा र इलाका प्रहरी कार्यालय ढल्केवरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उत्खनन गर्ने टिपर र स्काइभेटर नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार ना.८ ख ६१२४, ना.८ ख ८३७३, प्र.२-०१-०० ३ ख ००५८, प्र २-०१-००१ख००५९, प्र २-०३-००१ ख ३२२७, प्र २-०३-००१ ख ५०८४, प्र २-०१-००१ख ०१११ नम्बरको ७ वटा टिपर सहित एकवटा स्काइभेटर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएको स्काभेटर र टिपरहरु अवश्यक कारबाहीको लागि जिल्ला समन्वय समिति धनुषालाई बुझाएको ईलाका प्रहरी कार्यालय ढल्केवर जनाएको छ ।