सरोज अर्याल | फागुन २, २०७८ सोमबार
रौतहटमा नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादब सम्मानित भएका छन् । सोमबार जिल्लाको यमुनामाई गाउपालिकामा सभापति यादबलाई सम्मान गरीएको काग्रेस युवा नेता संगम श्रेष्ठले बताएका छन् ।
नेपाली काँग्रेस यमुनामाई गाउँपालिकाका गाँउ सभापति सिताराम यादबको सभापतित्वमा भएको स्वागत तथा सम्मान कार्यक्रममा सभापति यादब सँगै नेपाली काँग्रस मधेस प्रदेश सदस्य सदस्य सुर्य बहादुर थापा र अर्का मधेस प्रदेश सदस्य नितिश कुमार गुप्तालाई समेत सम्मान गरीएको आयोजकले जानकारी दिएको छ ।
सम्मान कार्यक्रमको आयोजना गरी सम्मान गर्ने नेपाली काँग्रेस यमुनामाई गाउ समितिलाई बिशेष ज्ञापन गरीएको मधेस प्रदेश सभापति यादबले बताएका छन् । कार्यक्रममा नेपाली काँग्रेस रौतहटका बिभिन्न तह र तप्काका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।