प्राइम खबर संबाददाता | फागुन २, २०७८ सोमबार

सभामुख अग्निप्रसाद सापकोटाले आज सोमवार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको उनका  प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् । 


प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ दलका सांसदहरूले आईतबार बिहान १० बजे सिंहदरबारमा रहेको संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । 



प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ । महाअभियोगको प्रस्तावक नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा पुष्पा भुसाल र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ रहेका छन् ।  यस्तै समर्थकमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसहित ९५ सांसद पक्षमा रहेका छन् । आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक भने यही फागुन ४ गते बुधवारका लागि सरिसकेको छ। सोमबार बस्ने सर्बदलिय बैठकलाई बिशेष महत्वका साथ हेरीएको स्रोतले बताएको छ ।