प्राइम खबर संबाददाता | फागुन १, २०७८ आइतबार
प्रतिबन्धित लागुऔषध नाईट्रोभेट सहित दुईजना युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा नम्बर ६ निवासी २३ वर्षीय दिपेश विक र १९ वर्षीय सन्तोष बम्जन रहेका छन्।
शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलंगवाको टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका उनीहरुलाई संकास्पद अवस्थामा चेक जांच गर्दा उनीहरुको साथबाट साढे १९ पता प्रतिबन्धित लागुऔषध नाईट्रोभेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथी माथि लागूऔषध नियन्त्रण ऐन अनुसार कारवाही प्रकृया अगाडि बढाईएको सर्लाही प्रहरीले बताएको छ ।